मुद्दा लड्दै संगठन हाँक्दै आईजीपी सिंह

काठमाडौं । नेपाल प्रहरी – जनताबीच सरकारको उपस्थितिको सबैभन्दा भरपर्दो माध्यम । ‘सत्य सेवा सुरक्षम्’लाई मूलमन्त्रका रुपमा अपनाई आजभन्दा करिब ७० वर्षअघि जनतालाई सुरक्षाको प्रत्याभूति दिने मुख्य उद्देश्यसहित गठन गरिएको संगठन । जसले विभिन्न आरोह–अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ ।

२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापनापछि नेपालमा आएको बहुदलीय व्यवस्थासँगै ‘प्रहरीमा राजनीति’ वा ‘राजनीतिमा प्रहरी’ घुसेको आभाष पाइन थालेको छ । पछिल्लो समय राजनीतिक दल र नेताले आफ्नो ईशारामा चलाउने प्रयास गरेको बखतमा विवाद देखिने गरेका छन् । र, कतिपय प्रहरी अधिकारीहरु भने राजनीतिक दल र नेताकै संरक्षणमा नेतृत्वका लागि अभिलाषासहित लिप्त देखिन्छन् ।

नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप भएका कारण प्रहरी महानिरीक्षक नियुक्तिमा पटक–पटक मुद्दा पर्ने गरेको छ । नेपाल प्रहरीजस्तो अनुशासित संगठनमा नेतृ्त्वका लागि मुद्दा परिरहनु राम्रो कुरा होइन । यसले संगठनभित्र गुटबन्दी खडा गर्छ । नेपाल प्रहरीमा बढ्दो राजनीतिक हस्तक्षेप रोक्न गृह प्रशासनले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

२००७ सालमा प्रजातन्त्रको आगमनसँगै तोरण शमशेर जबराको नेतृत्वमा रहेको संगठनमा अहिलेसम्म २८ जनाले नेतृत्व गरिसकेका छन् भने २९ औं आईजीका रुपमा धिरजप्रताप सिंहले बैशाख १८ गते आइतबारदेखि नेतृत्व सम्हालेका थिए ।

तर अहिलेका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह विगतमा यस्तै राजनीतिक कुचक्रमा फसेका थिए । नेपाल प्रहरीमा १२ चैत्र २०४९ मा प्रवेश गर्दा धीरजप्रताप सिंह नम्बर एकमा रहेर इन्स्पेक्टर बनेका थिए । उनी १ नं मा भर्ना हुँदा पोखरेल ८ नं मा थिए। २०६२ साउन ११ मा प्रहरी नायव उपरीक्षकमा बढुवा हुँदा सिंह १ नं मा र पोखरेल २४ नं मा थिए। एसपीमा २०६९ माघ ११ मा सिंह १ नं मा र पोखरेल ७ नं मा बढुवा भएका थिए ।

सुरुदेखि वरिष्ठता र दक्षता हासिल गर्दै आएका सिंहलाई महानिरीक्षक बन्नबाट रोक्न तत्कालीन एमाले सरकारले विश्व पोखरेललाई ‘चोरबाटो’बाट डिआइजीमा बढुवा गरेको थियो ।

प्रहरीका एक जना डिआइजीको दुखद निधनपछि पोखरेलको जीवनमा भने सुखद परिवर्तन आएको थियो । २०७६ कार्तिक १० गते काभ्रेका् मण्डन देउपुरीमा सवारी दुर्घटनामा परि डिआइजी सुशील भण्डारीको दुखद निधन भयो । जतिबेला पोखरेल एसएसपी नै थिए ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७६ वैशाखमा उनै पोखरेललाई भण्डारीको निधनपछि खाली भएको स्थानमा डिआइजी नियुक्त गर्ने निर्णय गरेको थियो । जबकी कार्यसम्पादन मुल्यांकनमा उनीभन्दा सिनियर, सेवा प्रवेशमा पनि अगाडी रहेका थुप्रै एसएसपीहरु थिए ।

निवर्तमान प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीसँगै १९ वैशाख २०४९ मा भर्ना भएका गणेश ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, किशोर दाहाल, राजेन्द्र चौधरी, नवराज भट्ट, रामकृपाल शाह, उमेश रञ्जितकार, विरेन्द्र बस्याल र सौरभ राणहरु एसएसपी नै थिए । यी मध्ये कतिपय एसएसपी र डीआईजीबाटै अवकास पाए ।त्यतिबेला पनि पोखरेलको बढुवालाई लिएर व्यापक विरोध भएको थियो । अहिले डिआइजी बढुवाको त्यही रिपोर्ट लिएर उनी वरिष्ठताको दाबी लिएर सर्वोच्च धाइरहेका छन् ।

नेपाल प्रहरीमा आइजिपी विवादको मुद्दा अदालतमा चलिरहेको छ । एआइजी बढुवाको विषयमा पनि सँगै सुनुवाई हुँदै छ । मुद्दा लड्दै संगठन चलाउनुपर्ने कठिनाइ आइजिपी सिहंलाई छ ।

अझ एआइजी र आइजिपीको सम्बन्ध पनि सुमधुर हुन सकेको छैन । गत साताको एआइजी सरुवा तथा पदस्थापनमा असन्तुष्टि देखिएको छ । सिनियर रहेका एआइजी सहकुल बहादुर थापाले त्यसमा असन्तुष्टि जनाएको स्रोत बताउँछ ।

अन्य सबै एआइजीको जिम्मेवारी हेरफेर भएपनि उनलाई भने कार्यमै राखिएको थियो ।

थापाले उपत्यका प्रहरी कार्यालय वा एकेडेमी मागेको स्रोत बताउँछ । तर, सिनियर भएर पनि जिम्मेवारी दिदां भने अन्याय गरेको भन्दै असन्तुष्टि जनाई उनी पनि बिदामा बसेका छन् ।

हालै मात्र बढुवा भएकी पूजा सिंहलाई मानव स्रोत विकास विभागको जिम्मेवारी दिइएको छ । उनी चार महिनाअघि मात्र डीआइजी भएकी थिइन् । एसएसपीबाटै अवकाश पाउन लागेकी सिंहलाई प्राविधिकतर्फको दरबन्दी प्रशासनतर्फ ल्याएर बढुवा गरिएको थियो । बढुवालगत्तै प्रदेश प्रमुख भएकी उनी एआइजी भएलगत्तै अर्काे महत्वपूर्ण जिम्मेवारी पाएकी छिन् ।

त्यस्तै सिआइबीमा उत्तमराज सुवेदी र उपत्यकाका रबिन्द्रबहादुर धानुकको जिम्मेवारीलाई उचित भनिएको छ ।

इमान्दार छवी भएका अरुण बिसीले प्रशासन विभागको जिम्मेवारी पाएका छन् ।

दुई महिनापछि अवकाश पाउन लागेका मुकुन्द आचार्यको प्रहरी एकेडेमीमा पदस्थापन भएको छ । उनको अवकाशपछि त्यहाँ एआइजी थापालाई दिनेगरी फकाइएको स्रोत बताउँछ ।

आइजिपी बढुवामा थापा पनि प्रतिस्पर्धी थिए । अन्याय भएको भन्दै उनी बिदामा बसेको गृहमन्त्री बालकृष्ण खाणले बोलाएर चुनावको बेलामा बिदामा नबस्न आग्रह गरेपछि उनी काममा फर्किएका थिए । अहिले गृहमन्त्रीले आफूलाई धोका दिएको गुनासो थापाले निकटस्थलसँग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..