अमेरिकी सैनिक जनरलले भने– ‘नेपाली सेना भरपर्दो स्थल शक्ति’


काठमाडौं । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्र्स ए फ्लिन स्वदेश फर्किएका छन् । आइतबार उनलाई नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरेका हुन् ।

चार दिने औपचारिक भ्रमणमा नेपाल आएका सैनिक जनरल फ्लिनले आइतबार पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गरे । जेठ २६ मा सद्भावना भ्रमणमा चाल्र्स ए फ्लिन नेपाल आएका थिए ।


शिवपुरीमा चाल्र्स ए फ्लिनले तालिमरत शिक्षार्थी अधिकृतहरुसँग अन्तरक्रिया गर्दै नेपाली सेना भरपर्दो जमिनी शक्ति रहेको भन्दै प्रशंसा गरेका छन् । शिवपुरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा फ्लिनले भने–‘नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पुरानो सेनाहरुमध्ये रहेको छ ।’ सैनिक कमाण्ड तथा स्थाफ कलेजमा उनले वृक्षारोपण गरेका छन् ।


सन् २०२१ जुनदेखी एसिया–प्रशान्त क्षेत्रको प्रमुख रहेका फ्लिनले पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्न प्रदर्शनीको अवलोकन गरेका छन् । अमेरिक सैनिक जनरललाई तालिम केन्द्रको वस्तुस्थितिबारे जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..