लुटपाट गरेको आरोपमा दाङमा १ जना पक्राउ

दाङ । काठमाडौंको लैनचौरमा एक व्यापारीबाट ३५ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले दाङबाट एक जनालाई पक्राउ गरेको छ ।


घोराही उपमहानगरपालिका-१० नारायणपुरका सुदन नेपालीलाई दाङको भालुबाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसहित ३ जनाले जेठ ८ गते लैनचौरको एक व्यापारीसँग ३५ लाख रुपैयाँ लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय भालुवाङले शुक्रबार साँझ भालुवाङमा आफ्नो ससुरालीमा लुकेर बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..