लुटपाट गरेको आरोपमा दाङमा १ जना पक्राउ

दाङ । काठमाडौंको लैनचौरमा एक व्यापारीबाट ३५ लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले दाङबाट एक जनालाई पक्राउ गरेको छ ।


घोराही उपमहानगरपालिका-१० नारायणपुरका सुदन नेपालीलाई दाङको भालुबाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीसहित ३ जनाले जेठ ८ गते लैनचौरको एक व्यापारीसँग ३५ लाख रुपैयाँ लुटपाट गरेको खुलेको प्रहरीको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय भालुवाङले शुक्रबार साँझ भालुवाङमा आफ्नो ससुरालीमा लुकेर बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको एसपी सुरेश काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..