आईजीपी सिंहले यी पाँच एआईजीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिए

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पाँच जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार प्रहरी मुख्यालयमा आयोजित विशेष कार्यक्रममा आईजीपी सिंहले ५ जना एआईजीहरूलाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषदको जेठ २३ गतेको निर्णयानुसार प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहको डीआईजीबाट एआईजीमा बढुवा भएको थियो ।

आईजीपी सिंहले प्रदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै नेतृत्वमा आइसकेपछि प्राथमिकता छुट्टाएर नवीन कार्ययोजनाका साथ अगाडि बढन् निर्देशन दिएका छन् ।

प्रहरी संगठनमा वरियता र कार्यक्षमता लगायतका विभागीय मापदण्डअनुसार निष्पक्षरुपमा पदोन्नति हुने उल्लेख गर्दै सिंहले प्रहरी कार्यलाई अझै तदारुकताका साथ संचालन गर्न प्रहरी कर्मचारीहरू सदैव तल्लीन हुने विश्वास व्यक्त गरेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेट्दै उत्कृष्ट काम गर्ने विश्वास लिएको चर्चा गर्दै आगामी दिनको चुनौती समाना गर्न स्थानीय चुनावमा देखाएको व्यावसायिकतालाई कायम राख्दै क्रियाशील हुन निर्देशन दिएका छन् ।

मनसुन नजिकै आएको अवस्थामा विपद् व्यवस्थापनमा पूर्वतयारीका साथ लाग्नुपर्नेमा उनको निर्देशन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..