नेपाल प्रहरीका सात एआईजीकाे पदस्थापन र सरूवा,उपत्यका प्रहरी प्रमुखमा धानुक

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच एआइजीको बढुवासँगै सोमबार पदस्थापन गरेको छ । साथै दुई एआइजीको सरुवा पनि गरेको छ ।

एआइजी रबिन्द्र बहादुर धानकुलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ । त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । पोखरेल बिदा बसेर प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरजप्रताप सिंहविरुद्ध मुद्दा लडिरहेका छन् ।

त्यस्तै, उत्तमराज सुवेदीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा, अरुण कुमार विसीको प्रशासन विभाग, मुकुन्द आचार्यको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, पूजा सिंहकोमानव स्रोत विकास विभाग र दिवेश लोहनीको अपराध अनुसन्धान विभागमा पदस्थापन भएको छ । सिनियर एआइजी सहकुल थापालाई कार्य विभागमै राखिएको छ ।

एआइजी बढुवासँगै प्रहरी प्रधान कार्यालयले डिआइजीमा बढुवा तयारी थालेको छ । डिआइजीका १७ पद रिक्त छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..