ललितपुर प्रहरीलाई ठुलो सफलता, पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँ । ललितपुर प्रहरी परिसरले टोलीले बालकुमारीबाट पेस्तोलसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका सुरेन्द्र थिङ र सोही स्थानका विरबहादुर बम्बजन छन् ।

उनीहरूको साथ एक थान अटोमेटिक पेस्तोल त्यसको गोली चार थान र २ थान म्याग्जिन बरामद भएको छ ।

प्रहरी परिसर लालितपुरको  बिशेष टोलीले उनीहरूलाई पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

प्रहरीको प्रारिम्भक अनुसन्धानका आधारमा उनीहरु हतियार तस्कर रहेको खुलेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..