अपराध नियन्त्रणमा लापरवाही असह्य : प्रहरी महानिरीक्षक सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक ( आईजीपी ) धिरज प्रताप सिंहले अपराध नियन्त्रणमा लापरवाही भए असह्य हुने बताएका छन् । सुरक्षा खबरसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अपराधी होस वा प्रहरी, गल्ति गर्ने सबै कारवाहीको दायरामा आउने  उनले बताए।

अपराध नियन्त्रणका साथै प्रहरीले नागरिक समाजसँग मिलेर सामाजिक उत्तरदायित्व पनि वहन गर्दै आएको उनले स्पष्ट पारे । “एकातिर अपराध भइरहेको छ त्यसलाई छोडेर प्रहरीले समाजसेवा गर्नुपर्छ भन्ने होईन् तर आफ्ना प्राथमिकताका काम गर्दै समाजसँग पनि हातेमालो गर्दै अघि बढ्नुपर्छ” – महानिरीक्षक सिंहले भने ।

आम नागरीकले सहयोग गरेको खण्डमा प्रहरीको काम सहज हुने उनले बिश्वास व्यक्त गरे । नेपाल प्रहरी मुलुकको सुरक्षालाई प्राथमिकतामा राख्दै अघि बढीरहेको महानिरीक्षक सिंहको भनाई छ । अपराधमुक्त समाज निर्माणका लागि सरकार र गृह प्रशासनले लिएको अठोट पुरा गर्न नेपाल प्रहरी तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..