प्रहरी एकेडेमीको निमित्त प्रमुखमा डीआईजी आचार्य

काठमाडौं । नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डीआईजी मुकुन्दराज आचार्यले समालेका छन् ।

गृह मन्त्रालयले शुक्रबार आचार्यलाई निमित्त कार्यकारी प्रमुखमा काज सरुवा गर्ने निर्णय गरेको थियो । आचार्यले आइतबार कार्यभार समालेका हुन् । यसअघि त्यहाँ कार्यरत एआईजी निरज शाही र डीआईजी डा. देवबहादुर बोहराले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका थिए ।

वैशाख १९ बाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेतृत्वविहीन थियो । डीआईजी आचार्यले कार्यभार समाल्दै सकल दर्जालाई ब्रिफिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..