को हुन् नवनियुक्त आईजीपी धीरज प्रताप सिंह ?

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त २९ औं आईजीपी धीरज प्रताप सिंह अपराध अनुसन्धानमा अब्बल प्रहरीका रुपमा परिचित छन् । इन्स्पेक्टरका रुपमा प्रहरी सेवामा प्रवेश गर्दा उनी नम्बर एक बन्न सके । सिंहले आफूलाई सक्षम प्रहरीका रुपमा कार्यक्षमता देखाए ।

१२ चैत्र २०४९ मा इन्स्पेक्टरका रुपमा प्रहरी सेवा आरम्भ गरेका सिंहले कठिन स्थानहरुमा इञ्चार्जका रुपमा कार्य गरे । २०६१ सालमा डिएसपी हुँदा सिंह आफ्ना ब्याचीमध्येबाट एक नम्बरमा बढुवा भए । त्यसपछि उनले अपराध अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण सफलता हासिल गर्दै गए ।

२०६९ मा एसपीमा बढुवा हुँदा पनि पहिलो नम्बरमा परे । उनले पर्सा जस्तो जोखिमयुक्त ठाउँमा बसेर कार्य गरे । तस्करको जालो तोड्न सफल भए ।

एसएसपी भएपछि उनले अपराध अनुसन्धान महाशाखाको कमाण्ड सम्हाले । उनले गुण्डागर्दी र संगठित अपराधविरुद्ध आक्रामक कदमहरु चाले ।

डिआइजी भएपछि सिंह मधेश प्रदेशको कमाण्ड सम्हाल्न पुगे । कोरोना भाइरसको महामारीको बखत मधेश प्रदेशमा निकै चुनौतीपूर्ण अवस्था थियो । सीमा क्षेत्रको संवेदनशीलता र आवतजावतमा निगरानीको जोखिम थियो । उनले सफलतापूर्वक कमाण्ड सम्हाले ।

सीआइबीमा उनको सरुवा भयो । सीआइबीमा रहँदा ललिता निवास प्रकरणको फाइल खोले । ठूला तस्करी देखि संगठित अपराधविरुद्ध अनुसन्धान बढाए । उनले ती अनुसन्धानहरुमा सफलता हासिल गरे । एआइजी हुँदा पनि उनैलाई सीआइबीको कमाण्ड दिइयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..