काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँले आज मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।


डीआईजी मसाउद आलम खाँ केही दिनअघि मात्रै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका थिए ।







तत्कालिन मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी उमेश रन्जितकारको सरुवा गरेर उनको ठाउँमा मसाउद आलम खाँलाई पदस्थापन गरिएको थियो ।

डीआईजी मसाउद आलम खाँले जनकपुर पुगेर सोमबारदेखि नै प्रदेश प्रहरीको कमाण्ड सम्हालेका हुन् । डीआईजी मसाउद आलम खाँलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए ।



