मधेश प्रदेशसहित चार प्रदेशका प्रहरी प्रमुख फेरिए,मधेश प्रदेशमा मसाउद आलम खाँ आउने

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख ( डीआईजी ) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुखको सरुवा गरेको हो ।

उनको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाण्डौंमा सरुवा भएको छ । उनको ठाउँमा मोहनकुमार आचार्य आउने भएका छन ।

यस्तै प्रहरी प्रधान कार्यालयले मधेश प्रदेश सहित ४ प्रदेशमा नयाँ प्रहरी प्रमुखलाई खटाएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयले वरिष्ठ उपरीक्षक (एसएसपी)बाट नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका चार जनालाई पदस्थापन गरेको हो ।

गृह मन्त्रालयले बाग्मती प्रदेशमा डीआईजी पुजा सिंहको सरुवा गरेको छ । यस्तै बाग्मती प्रदेशमा रहेका डीआईजी प्रकाशजंग कार्की सेवा निवृत हुने भएपछि प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । यस्तै पुरुषोत्तम कडेललाई सीआईबी, मुकुन्दराज आचार्यलाई लुम्बिनी प्रदेशबाट कार्य विभाग र उमेश रञ्जितकारलाई महिला तथा बालबालिका निर्देशनालयमा सरुवा गरिएको छ । 

बढुवा भएका डीआईजी नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदुपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्र प्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..