बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न


बिराटनगर । नेपाल सरकार गृहमन्त्रालयको मिति २०७८/१२/३० गतेको पत्रले प्रहरी बरिष्ठ उपरीक्षक पदबाट प्रहरी नायव महानिरीक्षक पदमा बढुवा हुनु भई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा सरिक हुन जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद चौधरीलाई १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पदोन्नति तथा बिदाई भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद चौधरीलाई प्रदेश प्रहरी प्रमुख अरुण कुमार बि.सी.ले बधाई तथा शुभकामना दिनु हुदै मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..