यातना दिने प्रहरी जवानमाथि प्रहरीले थाल्यो कारबाही


वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले एक युवकमाथि चरम यातना दिएको आरोपमा दुई जना प्रहरीमाथि विभागीय कारवाही सुरु गरेको छ। प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार वीरगंज ९ बस्ने वर्ष २५ का विजय श्रेष्ठमाथि प्रहरीको थुनामा यातना दिएको पुष्टि भएपछि दुई प्रहरीमाथि कारबाही अघि बढाइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवानद्वय लालबाबु साह र फिरोज अन्सारीले गत शनिबार राति श्रेष्ठमाथि निर्मम यातना दिएको आरोपमा उनीहरुलाई कारबाही सुरु गरिएको उनले जानकारी दिए।


शनिबार राति १० बजे घण्टाघर चोकमा मदिरा सेवन गरी हिँडेर घर गइरहेको अवस्थामा घुमुवा प्रहरीले नलकटुवा बन्दुक देखाई युवकलाई नियन्त्रणमा लिएका थिए। पछि उनलाई जिल्ला प्रहरीको थुनुवा कक्षमा पठाइएको थियो। नियन्त्रणमा लिने क्रममा प्रहरीद्वयले ती युवकमाथि तातो पानी खन्याएर ज्यान लिने प्रयास गरेका थिए। राति पक्राउ गरी यातना दिएर आइतबार बिहानै वडा नम्बर ९ का अध्यक्ष मनोज कलवारको जिम्मा लगाएर छाडिएको थियो।


प्रहरीको नियन्त्रणमा युवकमाथि यातनाको विषयमा सरोकारवालाहरुलाई जानकारी गराए युवकमाथि लागूऔषध मुद्दामा समेत फसाउने धम्की दिएको पीडित यूवकले बताएका छन्।

युवकमाथिको ज्यादतीबारे जिल्ला प्रहरी कार्यालय पर्सामा गुनासो पुगेपछि प्रहरी अधिकृतहरुले जवानसँग बयान लिएको थियो। बयानमा प्रहरी जवानहरुको गल्ती देखिएपछि आवश्यक विभागीय कारबाहीको लागि पर्सा प्रहरीले अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..