डीआईजी सिंह सहित तीन जना एआईजीमा बढुवा

काठमाडौं । बढुवा भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले दर्ज्यानी चिन्ह लगाएका छन् । बढुवा भएका धिरजप्रताप सिँह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकले एआईजीको दर्ज्यानी लगाएका हुन् । 

चैत १ गते सरकारले बढुवा सिफारिसी गरेतापनि रुष्ट भएका डीआईजीहरूले गुनासो सुन्ने समितिमा उजुरी दिएपछि दर्ज्यानी लगाउन लम्बिएको थियो ।

बुधवार समितिले सरकारको निर्णय सदर गरेर आज मन्त्रिपरिषद्बाट बढुवा गरे पश्चात फुली लगाएका हुन् ।  

यता आफुहरू अन्यायमा परेको भन्दै सर्वोच्चमा डीआईजीहरू त्रय घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले रिट दायर गरेका छन् । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा कार्यक्रमको आयोजना गरेर उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..