डीआईजीको बढुवा सिफारिस सदर


काठमाडौं । लोकसेवा आयोगले तीन डीआइजीलाई एआइजीमा बढुवा सिफारिस गर्ने निर्णय सदर गरेको छ । गृहमन्त्रालयका सचिव अध्यक्ष रहेको बढुवा समितिले गरेको निर्णय लोकसेवा आयोगले सदर गरेपछि अब एआइजी बढुवा गर्ने बाटो खुलेको छ ।

मन्त्रिपरिषदको बैठकले तीन डीआइजीलाई एआइजीमा बढुवा गर्नेछ ।ीहरुले दज्र्यानी चिह्न पनि लाउनेछन् ।बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

जुन निर्णयबिरुद्ध बरिष्ठ डीआइजीहरु घनश्याम अर्याल, इश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी दिएका थिए ।

अर्यालसहितका तीन डीआइजीले वरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस नभएको भन्दै आयोगमा उजुरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..