काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३६ जना नायब उपरीक्षक (डीएसपी)को नियमित सरुवा गरेको छ ।

मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुखहरु फेरिएका छन् ।
यस्तै जिल्लाहरुका डीएसपीको पनि सरुवा भएको छ । उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् ।






