लेटाङ घटना प्रकरण : नसाेचिएकाे घटनाले सुरक्षाकर्मीकाे आत्मबल गिरायाे


काठमाडौं । स्थानीयको आक्रमणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। सोमबार प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले श्रेष्ठको पाथिर्व शरिरमा नेपाल प्रहरी संगठनको झण्डा ओढाएर पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरेका हुन्। साथै, प्रहरीको बैण्डसहितको एक टुकडीले शोक सलामीसमेत अर्पण गरेको थियो।

फागू पूर्णिमाका दिन शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भीडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो।उक्त अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन। उनको उपचारको क्रममा आइतबार राति मृत्यु भएको थियो।

गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यका तर्फबाट सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।उर्मिलाका श्रीमान नविन श्रेष्ठलाई टेलिफोन गरेर गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएको अवस्थामा भएको आक्रमणबाट मृत्यु भएकाले राज्यका तर्फबाट परिवारलाई सहुलियत उपलब्ध गराउने बताएका हुन्।


‘कर्तव्य पालनाको शिलशिलामा उहाँको मृत्यु भएको छ। उहाँप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु,’ गृहमन्त्री खाणको भनाइ उद्धित गर्दै उर्मिलाका पति नविनले भने, ‘तपाईंहरूले उहाँको काजकिरियासम्बन्धी कार्य सिध्याएर सम्पर्कमा आउनुहोला। राज्यबाट हामीले सक्दो सहयोग प्रदान गर्छौं।’


फागू पूर्णिमाका दिन चैत ४ गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यालयका छात्रछात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भीडले विद्यालयमा आगजनी, तोडफोड र ढुंगामुढा गरेको थियो। उक्त अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको थियो। गृहमन्त्री खाणले लेटाङ घटनाको छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

मोरङको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आइतबारको घटनालाई राजनीतिक रंग दिन नहुने बताएका छन् । लेटाङ–५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नाराबाजी र आगजनी गरेका थिए । घटनामा प्रहरीमाथि समेत आक्रमण भएको थियो । आइतबार दिउँसो भएको उक्त घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ भने २५ जना प्रहरी घाइते भएका छन् । ७ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइतेमध्ये १४ जना प्रहरीहरूको सामान्य उपचार गरिएको छ र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरूको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

नगरपालिकाका प्रमुख शंकर राईले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबाटै गल्तीको सुरुवात भएको दाबी गरे । घटनामा संलग्न शिक्षक, उनलाई बचाउन खोज्नेहरू तथा प्रहरीको हत्यामा संलग्न सबैलाई जुनसुकै अवस्थामा पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए । घटनालाई शान्त बनाउन र अरु अप्रिय घटना हुन नदिनका लागि लेटाङमा रहेका राजनीतिक दल, प्रहरी प्रशासनसहितको बैठक आयोजना गरिएको बताउँदै राईले अराजक समूहले कसैको कुरा नसुन्दा घटना भएको पनि बताए ।


एक महिला प्रहरीको ज्यान जानेगरी मोरङमा आइतबार भएको झडपपछि प्रहरीले सोमबार बिहान पाँच जनालाई पक्राउ गरेको छ । पाँच जनालाई पक्राउ गर्नुका साथै प्रहरीको खानतलासी र अनुसन्धान जारी रहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए/ ’खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ बर्षिया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको घटना स्थलमा मृत्यु भएको थियो ।

भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।होलीका दिन होली खेल्ने क्रममा खेरुवा स्थित सामाजिक शिक्षाका ५६ वर्षिय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षिय बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..