गाँजासहित दुईजना पक्राउ

सर्लाही । सर्लाहीको नवलपुरबाट शनिबार विहान ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीलेपक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७५९१ नम्बरको योद्धा पिकअप गाडीमा माछा बोक्ने ड्रमभित्र लुकाएर ल्याएको गाँजासहित दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गाडीचालक धादिङको सिद्धलेक गाउँपालिका–६ बस्ने २२ वर्षीय सुरेन्द्र विक र सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका–२ बस्ने ४८ वर्षीय भीमलाल मोक्तान रहेका छन् ।


माछा बोक्ने प्लाष्टिकका दुईवटा ठूला ड्रमभित्र लागूऔषध गाँजा लुकाई छिपाई ल्याउँदै गरेको सुराकीको आधारमा लालबन्दी नगरपालिका–१ स्थित भवानी हेल्थकेयर अगाडि सो गाडी रोकेर चेकजाँच जर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रबक्ता कृष्ण गिरीले जानकारी दिए ।


बरामद गरिएको गाँजा मकवानपुरतर्फबाट ल्याइएको हुनसक्ने प्रहरीको आशङ्का छ । प्रहरीले गाडी चालक विक र गाँजा ओसारपसारमा संलग्न मोक्तानको साथबाट ८५ हजार नगद र दुई थान मोबाइलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता कृष्ण गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..