हत्या आरोपमा महिला पक्राउ


दाङ । प्रहरीले श्रीमानको हत्या आरोपमा एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ ।दाङ राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरका लप्टेन चौधरीको हत्या आरोपमा उनकी ५० वर्षीया पत्नी उमादेवी चौधरी र गढवा गाउँपालिका ३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उमादेवीले आफ्नो श्रीमान् लप्टेन चौधरी फागुन १ गते गोवरडिया गएको तर नफर्केको भन्दै खोजतालका लागि प्रहरीमा निवेदन दिएकी थिइन् । उनका श्रीमान् चौधरीको शव फागुन ५ गते गढवा गाउँपालिका- २ स्थित राप्ती नदी किनारमा फेला पारेको थियो । उमादेवी र आफन्तले लप्टेनको शव पहिचान गरेका थिए ।


चौधरीको हत्यापछि शव खोलामा फालिएको खुलेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोधपुछ गर्ने क्रममा लप्टेनको हत्या पत्नी उमादेवी र गढवा गाउँपालिका-२ का हनुमान चौधरीले मिलेर गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए ।डीएसपी रिजालका अनुसार पछिल्लो समय लप्टेन र पत्नी उमादेवीबीच सम्बन्ध राम्रो थिएन ।

उमादेवी र हनुमानले लप्टेन घरमै सुतेका बेला हत्या गर्ने योजना बनाएको खुलेको प्रहरीको भनाइ छ । माघ २९ गते लप्टेन निदाएको बेला राति करिब १० बजे हुनमान चौधरीले मुड्कीले छातीमा प्रहार गरेका थिए । त्यसपछि उनको घाँटी च्यापेर हत्या गरेको देखिएको डीएसपी रिजालले बताए ।प्रहरीले उमादेवी र हनुमानविरुद्ध ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..