करिब १९ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ


काठमाडौं । आफूलाई संयुक्त राष्ट्र संघ(यूएन)को ईन्जिनियर हुँ भन्दै यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट लाखौं ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेको आरोपमा पक्राउ गरेको हो ।प्रहरीले डोटीको साबिक तोलेनी गाविस बस्ने २६ वर्षीय दिनेश सिंहलाई सोमबार बिहान पक्राउ गरेको हो ।

दिनेशले विभिन्न मितिमा कास्की पोखराबाट उक्त रकम ठगी गरी फरार भएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा बुटवल उपमहानगरपालिका-९ मिलनचोकबाट पक्राउ गरेको हो ।


प्रहरीले उनको साथबाट एक थान ल्याप्टप, दुई थान मोबाइल, पहेलो रंगको एक थान सिक्री, एक थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर पनि बरामद गरेको छ । साथै विभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँसमेत बरामद गरेको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..