पूर्वसभामुख कृष्णबहादुर महराको सुरक्षामा खटिएका असईको मृत्यु


काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) बुद्धीबहादुर स्याङतानको मृत्यु भएको छ ।


प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखामा दरबन्दी भएका ४० वषीय स्याङतान पूर्व सभामुख महराको ब्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) थिए । उनको शुक्रबार बिहान २ बजे ललितपुरस्थित सुमेरु अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धीविक्रम शाहले असई स्याङतानको मृत्यु भएको पुष्टि गरेका छन् । उनले स्याङतान घर बिदामा रहेका समयमा एक्कासी मुटु दुख्यो भन्दै बेहोस भएपछि परिवारले साढे एकबजे बिहान अस्पताल ल्याएको बताए ।


अस्पताल प्रशासनले स्याङतानको अस्पताल ल्याएको केही मिनेटमै मृत्यु भएको जनाएको छ । उनी ललितपुरको कोन्ज्योसोम गाउँपलिकास्थित आफ्नै घरमा आएका समयमा घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..