मोटरसाइकल चोरेर भाग्दै गरेको अवस्थामा एक युवक पक्राउ

पर्सा । पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लास्थित परवानीपुर गाँउपालिका–५ बहुअरी बस्ने २० वर्षीय साहिल पटेल रहेका छन् ।


वीरगञ्ज महानगरपालिका–१५ ओम होटल एण्ड पार्टी प्यालेश अगाडि पार्किङ्ग गरी राखेको अवस्थामा ना ६३ प ९२७४ नम्बरको कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पटेलले लक तोडेर भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको हो ।


पक्राउ परेका पटेलललाई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..