प्रहरीको सई हुँ भन्दै लुटपाट गरेको आरोपमा युवक पक्राउ


दाङ। दाङमा प्रहरीको सई हुँ भन्दै लुटपाट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा घोराही-१७ करजाइका २५ वर्षीय अनिल पुन रहेका छन्।

प्रहरीका अनुसार घोराहीको आर्मी ब्यारेक नजिकैबाट बुधबार राति १० बजे आफूलाई प्रहरीको सई बताउँदै पुनले मार्शल पुनमगर र सन्तोष खड्काको मोबाइल र नगद चार हजार लुटपाट गरी फरार भएका थिए।


पीडितले प्रहरीमा घटनाबारे जानकारी गराएपछि खोजी गर्नेक्रममा पुनलाई बिहीबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..