१ करोड ५० लाखको मदिरा पक्राउ


काठमाडौं । भारतबाट नेपालमा राजस्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याई विक्री गरेको आरोपमा बिइङ ह्युमनका नेपालस्थित सञ्चालक सन्तोषचन्द्र बख्रेल पक्राउ परेका छन् ।बख्रेलले केही समयअघि मात्र बिइङ ह्युमनको स्वामित्व आफुमा ल्याएका थिए ।

महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार बख्रेल संचालक भएको खुलेपनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको बताए । बख्रेलको समूहले रवि भन्ने भारतीय नागरिकसँग मिलेर भारतबाट राजस्व छली गरी मदिराहरु विक्री गरिरहेको महानगरीय अपराध महाशाखाको ‘अप्रेसन लिमा’बाट खुलासा भएको हो ।


उनीहरुले रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का, चिभास रिगल लगायत ब्राण्डका रक्सीहरु भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको पाइएको एसएसपी कुँवरले जानकारी दिए । उनीहरुलाई शुक्रबार उपत्यकाका रामकोट, बानेश्वर, कपनलगायत स्थानबाट पक्राउ गरिएको हो ।महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार राजस्व छलीको मदिरा कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ ।

पर्सा घर भई काठमाडौंको कपन बस्ने ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, कागेश्वरीमनहरा–६ का ३० वर्षीय शैलेश पन्त, पर्सा घर भई काठमाडौंको हाँडिगाउँ बस्ने २८ वर्षीय रविन पाख्रिन र सर्लाही घर भई चाबहिल बस्ने २८ वर्षीय नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् । महाशाखाका अनुसार २९६ कार्टुन मदिरा पनि बरामद भएको छ ।

यद्यपि, उक्त रक्सीको नक्कली हो कि होइन भन्ने जाँचका लागि गुणस्तर परीक्षणका लागि पठाइएको महाशाखाले जनाएको छ । पक्राउ परेका बख्रेलले ३ महिनाअघि नै पहिलो पटक १६० कार्टुन, दोस्रो पटक २ सय र तेस्रो पटक ३ सय कार्टुन मदिरा ल्याइ विक्री गर्दै आएको प्रहरीले जनाएको छ ।


उनले बजारमा बिक्रीका लागि इन्फिनिटी लिक्योर, मूलपानीका सञ्चालक शैलेश पन्तसँग मिलेर काम गर्दै आएका थिए । नारायणप्रसाद घिमिरेले उक्त ब्राण्डका मदिराहरु डिउटी फ्रिको भनी गाहकलाई विश्वास दिलाई विक्री गर्दथे । यस्ता मदिरा विशेषगरी पार्टी प्यालेसमा बिक्री गर्ने गरेको महाशाखाले जनाएको छ ।


बरामद मदिराको अन्दाजी बजार मूल्य एक करोड ५० लाख रहेको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..