अवैध सम्बन्ध लुकाउन बालिकाको हत्या

वीरगंज । पर्सा प्रहरीले बालिका अपहरण गरि हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने वीरगंज महानगरपालिका– १६ का ४० वर्षीय मोतीलाल प्रसाद कुर्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी नायव उपरिक्षक (डिएसपी) ओम प्रकाश खनालका अनुसार कुर्मीले वीरगंज महानगरपालिका वडा नम्बर– १५ भिष्वामा डेरा गरि बस्ने सरोज कुशुवाहाकी १० वर्षीय बालिका रिजवाना महतोको हत्या गरेका थिए ।

आरोपित कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले बालिकाको अपहरण गरि हत्या गरेको अनुसन्धान मार्फत खुलेको डिएसपी खनालले जानकारी दिए ।गत पुष २४ गते बिहान ०९ः३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ कंचनजंगा स्कुल नजिक नयाँ निर्माणाधीन भवनको उत्तरपट्टिको चेपमा रिजवाना महतोको टाउकोमा ढुङ्गा प्रहार भएको अवस्थामा शव फेला परेको थियो ।


पक्राउ परेका पटेलमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..