कास्की । पोखरा महानगरपालिका-३० पावर हाउसचोकबाट करिब एक किलो बराबरको सुनहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन् ।
उनकाे साथबाट बिस्कुटको आकारमा रहेको करिब एक किलो बराबरको सुन बरामत गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुनसहित फेला पारी रेशमलाई पक्राउ गरेको हो ।


