गोंगबु बलात्कारका आरोपी थुनामा


काठमाडौं । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश रामचन्द्र पौडेलको इजलासले गोंगबुमा भएको सामूहिक बलात्कार प्रकरणका नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार प्रकरणका नौ आरोपीलाई थुनामा पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि मुगुका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजवाल, दीपक नेपाली, शिवहरि बुढा, युवराज बडुवाल, हस्त नेपाली, चन्द्र साउद र अर्घाखाँचीका गोपाल शिरीषलाई अदालतको आदेश अनुसार केन्द्रीय कारागार चलान गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए ।

उनका अनुसार अदालतले प्रतिवादी बनाइएका तीन होटल सञ्चालकसँग चाहिँ ३/३ लाख रुपैयाँ धरौटी माग गरेको छ । उनीहरू धरौटी बुझाएर छुटेका छन् ।पीडित महिलाले १२ पुस साँझदेखि भोलिपल्टसम्म गोंगबुको तीनवटा होटलमा आफूमाथि बलात्कार भएको भन्दै प्रहरी प्रभाग, बसपार्कमा जानकारी गराएकी थिइन् ।

प्रहरी कहाँ खबर पुगेलगत्तै महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र काठमाडौं प्रहरी परिसर, टेकुको टोली अनुसन्धानमा खटिएको थियो ।
सीसी क्यामरा फुटेज विश्लेषणका आधारमा प्रहरीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको थियो ।


महिलाको बयानअनुसार उनी सुर्खेतबाट काठमाडौं आएकी थिइन् । बसपार्कमा एक जना व्यक्तिले उनलाई भेटेर काम दिलाइदिने आवाश्वसन दिए ।‘ती व्यक्तिको नम्बर उनले राखेकी रैछिन् / पीडितले खबर गर्नेवित्तिकै बसपार्क प्रहरीले त्यही नम्बरमा फोन गरेछ । सीसी क्यामरा विश्लेषणका आधारमा ९ जनालाई पक्राउ गरिसकेको थियो । बसपार्कका शंकास्पद होटलहरुको सीसी टिभी फुटेज हेर्दा एउटामा पीडित महिला देखिइन् ।

‘सँगै रहेका पुरुषलाई देखाएर सोध्दा उनले अन्तिममा आफूमाथि करणी गर्ने व्यक्ति त्यही भएको बताइन् / त्यसपछि त्यो हुलियाको व्यक्तिबारे अनुसन्धान गर्दा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसकेको खुल्यो ।अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ का गोपालकुमार शिरिष थिए । ‘उनको राति ११ बजेको फ्लाइट रहेछ, बलात्कारमा संलग्न देखिएपछि विमानस्थलबाटै पक्राउ गरेको थियो ।

सीसी टीभी फुटेजकै आधारमा अनुसन्धान गरिरहँदा थप व्यक्तिहरु पनि पक्राउ पर्दै गए । ‘पक्राउ पर्नेका बयानबाट हेर्दा घटना तीन वटा ठाउँमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..