हत्यामा संलग्न १ जना पक्राउ

विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ का २८ बर्षीय झप्पु भन्ने अशोक ऋषिदेवलाई झै-झगडाको क्रममा कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानका ३८ बर्षीय शेखर राजवंशी पक्राउ परेका छन ।

माघ ८ गते राती साढे ९ बजे कटहरी-३ स्थित रिङरोडको नहरमा आपसी झै- झगडा हुदा शेखर राजवंशीको कुटाईबाट अशोक ऋषिदेवको मृत्यु भएको थियो ।

घटनामा संलग्न रही फरार रहेका प्रतिवादी राजबंशीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ ९ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..