शेखर समूहको निष्कर्ष : नेपाली कांग्रेसले गठबन्धन गरेर होइन एक्लै चुनाव लड्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी चुनावमा गठबन्धनसँग नमिलिकन एक्लै चुनाव लड्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार शेखर समूहको बसेको भर्चुअल बैठकले सभापति शेरबहादुर देउवाको एक्लौटी निर्णयविरुद्ध उभिँदै आगामी निर्वाचनमा कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा सहभागी भएका नेताहरुले निर्वाचनको मितिका विषयमा सभापति देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै आक्रोश पोखेका थिए ।कांग्रेसलाई असर पार्ने विषयमा सभापति देउवाले कुनै विचार नगरी स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनसँग निर्णयमा पुग्न नहुने नेता अर्जुन नरसिंह केसीले बताएका छन् ।

उनका अनुसार निर्वाचनजस्तो गम्भीर विषयमा सभापतिले पार्टीमा छलफल गर्नुपर्ने भए पनि पार्टीमा छलफल नै नगरेर गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ ।


बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागी रहेका थिए । शेखर समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि बैठकमा छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..