हत्यामा संलग्न १ जना पक्राउ

विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ का २८ बर्षीय झप्पु भन्ने अशोक ऋषिदेवलाई झै-झगडाको क्रममा कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानका ३८ बर्षीय शेखर राजवंशी पक्राउ परेका छन ।

माघ ८ गते राती साढे ९ बजे कटहरी-३ स्थित रिङरोडको नहरमा आपसी झै- झगडा हुदा शेखर राजवंशीको कुटाईबाट अशोक ऋषिदेवको मृत्यु भएको थियो ।

घटनामा संलग्न रही फरार रहेका प्रतिवादी राजबंशीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ ९ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट ज्यान सम्वन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..