बसको ठक्करबाट १ जनाको मृत्यु


सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपाललिका-१० मा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम साब्लाका ४५ बर्षीय बम बहादुर लिम्बु रहेका छन ।

हिजो साँझ ६ बजे ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्ट ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा छन भने घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..