दोलखाका प्रहरी प्रमुख रिजाललाई नागरिक अभिनन्दन

दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाको नेतृत्व सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक भेषराज रिजाललाई नागरिक स्तरवाट सम्मानित भएका छन्।विश्वव्यापाी महामारीका रुपमा फैलिएको कोभिड १९ को बढ्दो संक्रमण रोक्न र समाजमा हुने सबैखाले आपराधिक गतिविधिलाई निरुत्साहित पार्न प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने अभियान चलाएका प्रहरी नायब उपरीक्षक भेषराज रिजाललाई जिल्लामा बुधबार नागरिक स्तरबाट अभिनन्दन गरेका थिए ।


सहकारी चोरीमा संलग्नलाइ कार्वाही, सुरक्षामा खटिएका गार्डको हत्या जस्ता घटनाका अपराधीहरूलाई कानुनी दायरामा ल्याई कार्वाही गर्न सफल भएको भन्दै रिजाललाई अभिनन्दन गरिएको थियो । गौरीशंकर गाउँपालिका–१ जुँगुस्थित हिमचुली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको कार्तिक १० मा हत्या भएको थियो ।जिल्ला प्रहरी कार्यालय दोलखाको भेषराज रिजालको नेतृत्वको टोली र केन्द्रीय अनुुसन्धान ब्यरोले सुरक्षा गार्डको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको थियो ।

लामो समयको अनुसन्धानपछि गौरीशंकर गाउँपालिका–१ घर भएका २७ वर्षीय बिक्रम कार्की र २० वर्षिय सुमन कार्कीलाई पक्राउ गरेको थियो । सहकारीबाट ४ सय मिटर पर चिहानडाँडा स्थित जंगलमा उनको शव फेला परेको थियो । बिक्रम कार्की र सुमन कार्कीले कार्तिक १० मा राति काठमाडौंबाट गएर सुरक्षागार्डको हत्या गरेको प्रहरीको अनुसन्धानबाट जानकारी पाएको थियो ।

हत्यारा पक्राउ गरेपछि खुशी भएका नागरिकले सदरमुकाम चरिकोटमा रिजाललाई अभिनन्दन गरेको हिमचुली सहकारीका अध्यक्ष प्रकाश बहादुर खड्काले बताए । प्रहरी नायब उपरीक्षक रिजालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयले ४१ वटा आधारभुत तालिम ,५३ वटा सडक सुरक्षा जनचेतना कार्यक्रम ,४७ वटा महिला तथा बालबालिका हिंसा न्युनिकरण सचेतना मुलक कार्यक्रम ,५छ वटा लागू औषध नियन्त्रण कार्यक्रम ,२९ वटा बिपद ब्यवस्थापन ,५ वटा एकीकृत घुम्तीमा सिविर ,२३ वटा कोडभड सम्बन्धि कार्यक्रम ,मानव बेचबिखन सम्बन्धि ७ र बालबिवाह न्युनिकरण सम्बन्धि २७ वटा एब बर्षे अवधिमा सम्पन्न गरेको प्रहरी निरिक्षक दिवस बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..