भन्सार छलीका सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा


काठमाडौं । पर्साको वीरगञ्जबाट ५० लाखमूल्य बराबरको भन्सार छलीका सामानसहित मालबाहक ट्रक र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।


बिलबिजकभन्दा बढी खुद्रा वस्तुहरु तथा हार्डवेयर पार्टस लोड गरी काठमाडौं जाँदै गरेको उक्त मालबाहक ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–८ माइस्थानस्थित सडकखण्डबाट प्र–२–०३–००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिएको थियो। ट्रकसँगै चालक वीरगञ्ज–२ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पनि पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..