सर्लाहीमा बस पल्टिदा १७ जना घाइते

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गमा बस पल्टिदा १७ जना घाइते भएका छन् । हरिवन नगरपालिका–९ स्थित पूर्व पश्चिम लोकमार्गमा मंगलबार दिउँसो करिब २ः३० बजे यात्रु वाहक बस पल्टिएको हरिवन प्रहरीले जनाएको छ ।

बस अनियन्त्रित भई पल्टिदा बसमा सवार १७ जना यात्रु घाइते भएका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार मगंलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ५ ख ५०५५ नम्बरको अग्नी बस हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।

तीब्र गतिमा रहेको बस अनियन्त्रित भई पूर्व–पश्चिम लोकमार्गबाट तल खसेको छ । बसमा सवार १७ जना घाइते भएका र जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।घाइतेहरुको हरिवनस्थित नमूना अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । करिब २५ जना सवार बस दुर्घटना हुँदा १७ जना घाइते भएका र घाइतेको संख्या थप हुनसक्ने प्रहरीको अनुमान छ ।घाइतेहरुको अवस्थाबारे एकिन विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..