नक्कली नोटसहित धनुषाका दुई युवा महोत्तरीबाट पक्राउ


महोत्तरी । नक्कली नोटसहित महोत्तरीबाट २ जना पक्राउ परेका छन् । महोत्तरीको जलेश्वर नगरपालिका-३ मलिवारास्थित भिठ्ठामोड जलेश्वर सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-६ का २६ वर्षीय मोजाहिद रेजा र धनुषाको लक्ष्मिनिया गाउँपालिका-१ बस्ने २३ वर्षीय असरफ मोहम्मद रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा २१ च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा पछाडिको डिक्कीभित्र रहेको कालोब्यागभित्र बाहिरी पट्टी नेपाली १००० दरको नोट र पछाडिपट्टी नेपाली १००० को नोट, एक हजार नोटको साइजको कटिङग गरेको ५ बण्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतका नक्कली नोट र कागजात ठूलो मात्रामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


दुवै जनालाई महोत्तरी जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..