बन्धक बनाएको आरोपमा तीन जना पक्राउ


काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अपहरण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरे छन् ।


महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरुले ८ असोज २०७८ मा दुबईबाट नेपाल आएका सिरहाका ३० वर्षीय रामेश्वकर रामलाई बन्धक बनाएका थिए ।‘उनी बसेको होटलबाट लिएर गएर ज्याठास्थित होटल प्लेजर होममा लगेर बन्धक बनाएर कुटपिट गरेर ज्यान मार्ने धम्की दिँदै झोला र मोबाइल समेत लगेको भनी उजुरी परेको थियो’ मैनाली भन्छन्, ‘विभिन्न विधिबाट अनुसन्धान गर्दै जाँदा बन्धक बनाउने कार्यमा संलग्नहरु पक्राउ परेका हुन् ।’

बन्धक बनाउनुको कारणबारे स्पष्ट भइनसकेको उनले बताए ।पक्राउ परेका तिनै जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..