काठमाडौंमा २८ प्रहरी र १० थुनुवालाई कोरोना संक्रमण


काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकु र अन्तर्गत कार्यरत प्रहरीमध्ये २८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


पछिल्लो एक सातामा लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।उनका अनुसार मातहतका हिरासतमा रहेका १० जना थुनुवा पनि संक्रमित भएका छन् ।

उनीहरुलाई कीर्तिपुरस्थित सामुदायिक आइसोलेसन सेन्टरमा राखिएको मैनालीको भनाइ छ ।काठमाडौं प्रहरी मातहत राजधानीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा १४ वटा प्रहरी वृत्त र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्व ९ वटा प्रभाग छन् ।

सई र हवल्दारको नेतृत्वमा थप २० वटा कार्यालयसहित २९ वटा युनिट राजधानीमा छन् ।प्रहरी प्रधान कार्यालय, नक्सालका प्रवक्ता विष्णुकुमार केसीका अनुसार हालसम्म ६० हजार ५९७ जना प्रहरी कर्मचारीले पहिलो र ४८ हजार ४४५ जना जनाले दुवै डोज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..