गाँजा र चरेस सहित २ जना पक्राउ


झापा । झापाको दमक नगरपालिका २ हुम्से-दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाऊपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् ।

आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनिहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो ।

लागुऔषध फेला परे पश्चात उनिहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..