एनबी बैंकको सेयर किन्ने विषयमा बिनोद चौधरी र मोती दुगडबीच कर्पोरेट वार, दुगड ग्रुप अदालत पुग्यो

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको सेयर कसले किन्ने भन्ने विषयमा नेपालका दुई व्यवसायिक घरानाबीच ‘कर्पोरेट वार’ शुरु भएको छ ।चौधरी ग्रुप र एमभी दुगड ग्रुपबीच एनबी बैंकमा रहेको आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर कसले किन्ने भन्नेमा वार शुरु भएको हो ।आइएफआइसी बैंकले गत साता बंगलादेशको स्टक एक्सचेञ्जमा एनबी बैंकको सेयर बिक्रीमा डिल भएको जानकारी दिएको छ । नेपालमा भने यसको जानकारी एनबी बैंकले दिएको छैन ।

एनबी बैंकको मुख्य सेयरनी आइएफआईसी बैंकले सेयर बेचेर बाहिरिने भएपछि नेपालमा प्रमुख व्यापारिक घरानाबीच यसको सेयर किन्नेमा प्रतिष्पर्धामा चलेको थियो । एनबी बैंकका सेयरधनीहरु सेयर किन्ने अयोग्य भएपछि चौधरी ग्रुप, एमभी दुगड ग्रुप र शंकर ग्रुपले यसको सेयर किन्न खोजेका थिए ।

तर, शंकर ग्रुप भने एक्लै सेयर किन्न नसकेपछि यो डिलमा एमभी दुगड ग्रुपसँग मिलेको थियो ।सनराइज बैंकमा लगानी गरेको एमभी दुगड ग्रुपले आइसीएफआइसी स्वामित्वमा रहेको एनबी बैंकको सेयर किनेर सनराइजमा मर्ज गर्ने तयारीमा थियो । एमभी दुगड ग्रुपका अनुसार बंगलादेशमा आइएफआईसी बैंक र एमभी दुगडबीच २०२१ अप्रिलमा प्रतिकित्ता १५७ कित्ताको दरले सेयर किन्ने सम्झौता भएको थियो ।


सम्झौता पालना नगरेको तथा आफूलाई बेच्ने भनेको सेयर चौधरी ग्रुपलाई बेच्ने भएपछि एमभी दुगड ग्रुपले एनबी बैंक र आइएफआइसीविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । मुद्दामा अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।एमभी दुगड ग्रुप आइएफआईसी बैंकले आफूहरुसँग सेयर बेच्ने सहमति गरेपनि चौधरी ग्रुपले त्योभन्दा बढी पैसामा सेयर बेच्न थालेपछि एमभी दुगड ग्रुपले मुद्दा दायर गरेको हो ।चौधरी ग्रुपले भने आइएफआईसी बैंकको स्वामित्वमा रहेको सेयर किनेपछि नबिल बैंकमा यसलाई गाभ्ने तयारी गरेको थियो ।

नबिल बैंकमा गाभ्दा स्वापबाट आउने रकमले नबिल बैंकको लाभांश समेत नघट्ने तथा बिनोद चौधरी र उनको परिवारको नाममा रहेको सेयर स्वामित्व समेत परिवर्तन नहुने भएपछि एक्विजेशन गर्ने तयारी गरेको थियो । अदालतले एमभी दुगडको पक्षमा फैसला गरेमा एनबी बैंकको सेयर किन्न चौधरी ग्रुपले पाउने थिएन ।अदालतमा मुद्दा परेसँगै नबिल र एनबीबीचको एक्विजेशन सम्झौता समेत पछाडि सरेको छ । अदालतमा मुद्दा नपरेको भए पुस मसान्तभित्रमा सम्झौता गर्ने तयारी दुई बैंकको थियो ।

अदालतमा मुद्दा परेको हुँदा अब एक्विजेशन प्रक्रियामा ढिलाइ भएको एनबी बैंक स्रोतले जानकारी दियो । अदालतमा परेको मुद्दा र सेयर किनबेचको विषयमा एमभी दुगड ग्रुपका अध्यक्ष मोती दुगडसँग प्रतिक्रिया लिन खोज्दा उनले अदालतमा मुद्दा परेको विषयमा बोल्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..