हवल्दारमा बढुवा भएकालाई ट्राफिक एसएसपी जोशीद्वारा दर्ज्यानी चिन्ह


काठमाडौ । महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जनपद प्रहरी समूह तर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दारमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।


प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २५ गतेको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट सोही समुहतर्फको प्रहरी हवल्दार पदमा पदोन्नती भएका २९ जना प्रहरी हवल्दार हरुलाई ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले मंगलबार ट्राफिक महाशाखाकामा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।


दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ट्राफिक प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले पदोन्नती हुनुभएका प्रहरी हवल्दार हरुलाई बधाई दिनुका साथै बढुवा भएसंगै थपिने पदिय जिम्मेवारीलाई आत्मसाथ गरी थप प्रभावकारी ढंगले कार्य सम्पादन गर्न गराउन आफ्नो कार्य क्षमतालाई फराकिलो बनाई संगठनले खोजेको र नागरिकले पाउने सेवालाई अझै उत्कृष्ट बनाउन निर्देशन समेत दिनुभयोको थियो ।

उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..