१ सय ८३ किलो गाँजासहित एक जना पक्राउ

मकवानपुर । मकवानपुरमा १८३ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भिमफेदी गाउँपालिका-२ भैंसेस्थित चेकपोष्टबाट एक जनालाई प्रहरीले १८३ किलो गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।

प्रहरीले थाहा नगरपालिका-२ बस्ने ३० वर्षीय रामचन्द्र सिंतानलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार साँझ ६ बजे पालुङबाट हेटौंडा जाँदै गरेको प्रदेश ३-०१-००२२ च ३५५६ नम्बरको पिकअप गाडीमा गाँजा फेला परेको हो।प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..