श्रोत नखुलेको १४ लाख ५० हजार नगदसहित पक्राउ


रौतहट। रौतहटको ईशनाथ नगरपालिकाको औरैयाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको साढे चौध लाख रकम बरामद गरेको छ ।


ईशनाथ नगरपालिका-२ स्थित नेपाल भारत सिमाक्षेत्रको मनमोहन गेटबाट नेपाल आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा श्रोत नखुलेको १४ लाख ५० हजार रुपैंयाँ सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।


पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला तेलहराकला ७ का ३९ वर्षीय संजय कुमार जयसवाल छन् ।।

जयसवाल सवार बिआर ०५ पिजी ८०५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो ।सशस्त्र प्रहरीबल छिन्नमस्ता वाहिनी र ११ नम्बर गणको संयुक्त टोलीले सो रकमसहित जयसवाललाई पक्राउ गरेको हो ।


बरामद भएको नगद सहितको व्यक्तिलाई आवश्यक कारवाहीका लागी भंसार कार्यालय पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..