श्रोत नखुलेको १४ लाख ५० हजार नगदसहित पक्राउ


रौतहट। रौतहटको ईशनाथ नगरपालिकाको औरैयाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको साढे चौध लाख रकम बरामद गरेको छ ।


ईशनाथ नगरपालिका-२ स्थित नेपाल भारत सिमाक्षेत्रको मनमोहन गेटबाट नेपाल आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा श्रोत नखुलेको १४ लाख ५० हजार रुपैंयाँ सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।


पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला तेलहराकला ७ का ३९ वर्षीय संजय कुमार जयसवाल छन् ।।

जयसवाल सवार बिआर ०५ पिजी ८०५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो ।सशस्त्र प्रहरीबल छिन्नमस्ता वाहिनी र ११ नम्बर गणको संयुक्त टोलीले सो रकमसहित जयसवाललाई पक्राउ गरेको हो ।


बरामद भएको नगद सहितको व्यक्तिलाई आवश्यक कारवाहीका लागी भंसार कार्यालय पठाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..