पशुपति धर्मशालाबाट पनि बतास समूह धपाउन समिति गठन

काठमाडौं । नारायणहिटी दरबार परिसरभित्र चलाउन खोजिएको रेष्टुरेन्ट निर्माणको काम भत्काउन निर्देशन दिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले फेरि अर्काे कदम चालेका छन् ।मन्त्री आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरेर नेपाल–भारत पशुपति मैत्री धर्मशालाको सत्यतथ्य छानविन गर्न लगाइने भएको छ ।


पाँच सदस्यीय रहेको टोलीले समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेस गर्न भनिएको छ । पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गर्न लागिएको बुझ्नमा आएपछि मन्त्री आलेले त्यसको सत्य तथ्य छानबिन गर्न समिति गठन गरेका हुन् ।धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालिलाई होटेल चलाउनमा भाडामा दिएको थियो ।

होटेल चलाउन अनुमति पाउने संस्था त्यहीँ नारायणहिटीभित्र रेष्टुरेन्ट चलाउन खोज्ने बतास अर्गनाइजेसन नै रहेको रहेको छ ।बतास समूहमाथि पशुपति मैत्री धर्मशालालाई होटेल बनाएको र तीर्थालु एवं धार्मिक पर्यटकहरुबाट भाडाका नाममा मनपरी गरेको आरोप छ ।

त्यसो शुक्रबार धर्मशालाका विषयमा छानबिनका लागि युवा संघ नेपालको टोलीले मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्रमा भनिएको छ, ‘मित्र राष्ट्र भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाका लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनका लागि भाडामा दिनु लज्जास्पद विषय हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..