लागूऔषधसहित तीन जना पक्राउ


जनकपुर। सप्तरी र महोत्तरीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सप्तरीमा प्रहरीले राजगढ गाउँपालिका- ६ बनैनियाँबाट दुई युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।भारतबाट नेपालतर्फ साइकलमा आइरहेका विष्णुपुर गाउँपालिका ४ बस्ने २३ बर्षीय तेजनारायण यादव र तिलाठी कोइलाडी गाउँपालिका ८ बस्ने २० बर्षीय परमान्द महतोलाई लागूऔषधसहित पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार उनीहरुको साथबाट एसपिएम प्रोक्सिभोन ४ सय ८ थान, नाइट्राभेट–१० लेखिएको ४ थान र डाइलेक्स डिसी सय एमएलको ४ थान बरामद भएको छ ।

यस्तै, महोत्तरी प्रहरीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।औरही नगरपालिका ४ कठुधारस्थित माइस्थान सम्सी सडक खण्डबाट बर्दिवास नगरपालिका १३ बिजलपुरा निवासी २० बर्षीय रोशन कुमार चौधरीलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सम्सीबाट गौशाला तर्फ जादै गरेको ज. १ ह ३८९८ नम्बरको अटोमा चढेका चौधरीको साथबाट नाइट्रोभेट–१० ३७ थान बरामद भएको महोत्तरीका प्रहरी प्बक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।लागूऔषधसहित पक्राउ परेका तीनै जनाको अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..