इण्डियन आइडल पवनदीपले ठमेलमा नचाउने

काठमाडौं । इण्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिस्पर्धामा अरुणिता कांजीलाल दोस्रो बनेकी थिइन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको बताए ।


‘अंग्रेजी नयाँ वर्ष २०२२ लागे यता नेपालमा पहिलोपटक विदेशी कलाकार ल्याउन लागेका छौँ,’ उनले भने,’ कोभिडले थलिएको ठमेललाई सांगीतिक माहोलले तताएर भएपनि उर्जा दिनेछौँ ।’ कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको श्रेष्ठको भनाइ छ ।

जनस्वास्थ्यको मापदण्ड अपनाएर सांगीतिक कार्यक्रम आयोजना गरिने उनले बताए । यसअघि एलओडीमा केही बलिउड र हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..