नेपाल प्रहरी र सशस्त्रको रासनमा पनि ठूलो विभेद

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिँदै आएको रासनमा विभेद देखिएको छ। संगठन, संरचना र कामको प्रकृति मिल्ने भए पनि रासन दर मिल्दैन। हाल प्रहरी र सशस्त्रले रासनबापत पैसा लिन्छन्। जिल्लाअनुसार फरक–फरक दररेट छ। नेपाल प्रहरीले भन्दा सशस्त्रले बढी रकम पाउँछन्।


सशस्त्रभन्दा नेपाल प्रहरी बढी खटिनुपर्ने भए पनि रासन कम दिने गरेको गुनासो नेपाल प्रहरीमा छ। ‘म रासनबापत दैनिक २०१.२५ रुपैयाँ प्राप्त गर्छु। यो रकमले के खान पुग्छ र ? तराई क्षेत्र भएकाले एक छाक खाना त पुग्ला, अर्को छाक कुन पैसाले खाने ?’महोत्तरीमा काम गर्ने एक प्रहरी अधिकृत भन्छन्, ‘धेरै हामी खटिनुपर्छ, रासनले भोक टार्नै गाह्रो छ।’मानिसको शरीरलाई कम्तीमा प्रतिदिन २२५० क्यालोरी आवश्यक पर्ने चिकित्सक बताउँछन्।

तालिम, पहाड र हिमाली क्षेत्रमा खटिएका, तराई र उपत्यकामा खटिएका प्रहरीलाई चाहिने क्यालोरीको वर्गीकरण फरक छ।वर्गीकरणअनुसार प्रहरीलाई तोकिएको रकमले खान पुग्दैन। दुर्गम र सुगममा रासनदर फरक छ। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..