युवतीलाई चौरमा जबरजस्ती करणी

विराटनगर । युवतीलाई करणी गरेको अभियोगमा काठमाडौंको बूढानीलकण्ठबाट एक युवक समातिएका छन् । जबरजस्ती करणीको अभियोगमा उनलाई प्रहरीले हिजो साँझ समातेको हो ।

पक्राउ पर्नेमा मोरङको विराटचोक घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५, विष्णुमतीमा डेरा गरी बस्ने २८ वर्षीय विनोद भण्डारी हुन् ।प्रहरीका अनुसार भण्डारीले स्थानीय बाडेपाखास्थित खुल्ला चौरमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेका थिए ।

भण्डारीले पीडित महिलालाई लागूऔषध सेवन गराई बिहीबार साँझ पटक–पटक जबरजस्ती करणी गरेको रहस्य खुलेको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । भण्डारी प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..