आक्रमण गर्ने शेर्पाले पञ्चसामु एक वोतल रक्सी राखेर शिर उठाइदिए राजेशको

काठमाडौं । चर्चित गायक राजेश पायल राईमाथि भएको दुर्व्यवहारपछिको विवाद साम्य भएको छ । गायक राईमाथि आक्रमण गर्ने दावा पासाङ शेर्पाले माफि मागेसँगै उक्त विषय साम्य भएको हो ।

जनवारी दुई अर्थात आइतबार अमेरिकास्थित न्यूयोर्कमा पञ्च भलादमीसहितको उपस्थितमा शेर्पाले गायक राईलाई एक बोतल रक्सी राखेर क्षमा मागेका थिए ।

किरात समुदायको परम्परागत संस्कार अनुसार कसैले गल्ती गरे समाज (पञ्च)सामू एक वोतल रक्सी राखेर (माफि माग्नु) ढोगवेद गरे मेलमिलाप हुने अर्थात क्षमा दिने गरिन्छ । जसलाई किरात समुदायमा ‘शिर उठाउने’ भनिन्छ ।

गायक राईमाथि प्रस्तुति दिँदै गर्दा स्टेजमै आक्रमण गरिएपछि उक्त विषयले सामाजिक संजाल तथा सांगीतिक क्षेत्रमा तरङ्ग पैदा भएको थियो ।

उक्त घटनप्रति संगीतसँग सम्बन्धित विभन्न संस्था तथा व्यक्तिहरुले घोर भत्र्सना गरेका थिए । उता आक्रमणमा परेका राईले भने कुनै पनि नकारात्मक टिप्पणी गरेका थिएनन् ।

बरु उनले पछाडीबाट आएका अंगालोहरु स्वीकार्य रहेको । तर अगाडिबाट आएको ज्वालामुखी पनि निल्न सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

उक्त विषयमा आयोजकले भने शेर्पा राजेशको फ्यान भएकोले उनले अंगालो मारेको स्पष्टिकरण दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..