एक्सनमा डीआईजी मगर : पेस्तोल सहित दुई भारतीय पक्राउ

बारा । गोलागन्ज क्षेत्रबाट हतियार सहित २ जना भारतीय नागरिकलाइ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको स्कवाड टोलिले हतियार सहित २ जना भारतीय नागरिक र भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीका प्रमुख डिआइजी गणेश ठाडा मगरले स्कवाड टोलि परिचालन गरेको बताए । बाराको सिम्रौणगढ नजिकै रहेको नहरीबाट दुबै जनालाइ नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बरिस्ट हवलदार अशोक साहको कमाण्डमा खटिएको टोलिले पक्राउ गरेको हो ।


बिआर ५०५ एजे ४४२० नम्बरको मोटरसाइकललाई रोकि चेकजाच गर्दा भारतको पूर्वी चम्पारण मोतिहारी बस्ने २१ बर्सिय चन्द राम र सोही निवासी २० बर्सिय अबिशेक कुमारलाइ नियन्त्रणमा लिएको हो। १ थान पेस्तोल, २ राउन्ड गोलि सहित नियन्त्रणमा लिइ अवाश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौणगढमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..