सप्तकोसीकाे साेह् करोड काण्ड
सिइओका आफन्तकाे खातामा जम्मा

विराटनगर। सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । बैंकको १६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो ।मोरङ प्रहरीले बुधबार अपराह्न ५ बजे सुवेदीसहित बैङ्कमा कार्यरत तीन जनालाई कार्यालयबाटै पक्राउ गरेको हो।

सिइओ सुवेदीसहित पक्राउ पर्नेमा बैङ्कका वित्तीय प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापामगर पनि छन्। प्रहरीले यसअघि मङसिर १९ गते बैङ्कका जुनियर अफिसर हिमाल भट्टराईलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। हिमालसहित पक्राउ पर्नेमा ४ जना पुगेका छन्।


बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो ।बैंकबाट घोटाला भएको रकमको ठूलो हिस्सा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नविन सुवेदीको नातामा बहिनी पर्ने बबिताको खातामा पठाएको पाइएको छ । बैंकको रेमिट शाखाबाट ६ वर्षमा १५ करोड ७० लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको थियो । सो मध्ये १४ करोड रुपैयाँ बबिता सुवेदीको खातामा पठाएको पाइएको छ ।

सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खातामा १४ करोड रुपैयाँ ट्रान्सफर भएको स्रोतको दावी छ । तर सो रकम त्यस खाताबाट पनि निकालिएको पाइएको छ ।सो खाताको सञ्चालन भने सीइओ सुवेदीका फूपूको छोरा अर्थात बैंकका रेमिट शाखामा कार्यरत हिमाल भट्टराईले चलाउदै आएका थिए । भट्टराई कर्पोरेट कार्यालय विराटनगरका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हुन् ।हिनामिनामा संलग्न भएको आरोपमा भट्टराईलाई प्रहरीले मंसिर १९ गते पक्राउ गरेको थियो ।

भट्टराई र सीइओ सुवेदी दाजूभाई (मामा–फूपूको छोरा) हुन् । बैंकबाट घोटला भएको रकम भगवती सुवेदी, साजन पोखरेल, बानी पोखरेललगायतका खातामा रकम पठाएको बैंक स्रोतको दाबी छ । उनीहरु सीईओ सुवेदीका आफन्त हुन् ।


नेपाल राष्ट्र बैङ्कमा परेको बेनामे उजुरीका आधारमा सप्तकोशीको प्रकरणलाई राष्ट्र बैङ्क र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)–ले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्। प्रहरीले चारै अभियुक्त उपर शुक्रबार उच्च अदालत विराटनगरमा म्याद थप गराएर बैङ्किङ कसुर मुद्दा चलाउने भएको छ। यसअघि पक्राउ परेका हिमाललाई हालसम्म अभद्र व्यवहारअन्तर्गत म्याद थपिएको छ।
सिइओ नवीन सुवेदीसमेतका संलग्नतामा बैङ्कको रेमिटेन्स खाताको रकम हिनामिना गरिएको छ।

सप्तकोशी बैङ्कले आफ्नो रेमिटेन्स खाता प्राइम कमर्सियल बैङ्कमा खोलेको छ।जसअनुसार विदेशमा रहेका नेपाली नागरिकले सप्तकोशी बैङ्कबाट भुक्तानी पाउने गरी पठाएको रेमिटेन्स रकम प्राइम कमर्सियलमा जम्मा हुने गर्छ। र, त्यसको सूचना डिजिटल सिस्टमबाट सप्तकोशीमा आइपुग्छ। सिइओ सुवेदीसहितका अभियुक्तले प्राइम कमर्सियल बैङ्कमा जम्मा भएको रकम डिजिटल सिस्टमबाट तानेर दुरुपयोग गरेको दाबी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..